स्थानीय तह हाँक्ने एमालेका यस्ता छन् १ सय १३ युवा ( उमेर, क्षेत्र र मतसहित हेर्नुहोस्)

काठमाडौँ । पछिल्लो समय नीति–निर्माण तहमा युवालाई प्राथमिकता दिनु पर्ने बहस पेचिलो बन्दै आएको छ । मतदाताले पनि सकेसम्म नयाँ र युवा उम्मेदवारको तुलनात्मक रुपमा बढी खोजि गर्नुले पनि युवालाई प्राथमिकता दिएर निर्वाचनको मैदानमा उतार्नु पर्ने दबाब राजनीतिक दलहरुमा देखिन्छ ।

करीब ३ महिना अघि सम्पन्न स्थानीय तहको निर्वाचनलाई मात्रै आधार मान्ने हो भने पनि मतदाताको बढी रोजाइमा युवा परेको देखिन्छ । हो, युवा पुस्ताको जोस–जाँगर र अनुभवी नेताको अुनभव दुबैलाई मिलाएर मुलुकलाई समृद्धिको दिशामा लैजानु पर्ने गहकिलो दायित्व पनि त्यत्तिकै छ । स्थानीय तह निर्वाचन, २०७९ लाई मात्रै निहाल्ने हो भने पनि सबै राजनीतिक दलबाट युवा पुस्ताको उपस्थिति लोभलाग्दो देखिएको छ ।

७ सय ५३ स्थानीय तह मध्ये नेकपा (एमाले) एक्लैले ८३ स्थानमा मेयर र १२३ स्थानमा अध्यक्ष जित हात पारेको छ । त्यस्तै ११५ स्थानमा उपप्रमुख र १२६ स्थानमा उपाध्यक्ष जित हात पारेको छ । एमालेले जितेका २०६ पालिका प्रमुख मध्ये २६ जना प्रमुख ४० वर्ष कम उमेरका छन् । एमालेले २४१ स्थानीय तहमा उपप्रमुख र उपाध्यक्ष जितेको छ । ती मध्ये ८७ जना उपमेयर र उपाध्यक्ष ४० भन्दा कम उमेरका छन् भने ६ जना मेयर अध्यक्ष ३५ वर्ष भन्दा कम उमेरका छन् ।

उमेरको हिसावमा सबै भन्दा कम बुलिङटार गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का अध्यक्ष २७ वर्षीय दिपेन्द्र सुनारी हुनुहुन्छ भने मतको हिसावमा चामे गाउँपालिका, मनाङ्गका अध्यक्ष ३६ वर्षीय लोकेन्द्र वहादुर घलेको सबै भन्दा कम मत ३ सय २० छ ।

उमेरको हिसावमा सबै भन्दा कम बुलिङटार गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का अध्यक्ष २७ वर्षीय दिपेन्द्र सुनारी हुनुहुन्छ भने मतको हिसावमा चामे गाउँपालिका, मनाङ्गका अध्यक्ष ३६ वर्षीय लोकेन्द्र वहादुर घलेको सबै भन्दा कम मत ३ सय २० छ ।

त्यस्तै मतका हिसावमा सबै भन्दा बढी मत काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको छ । २९ वर्षीया डंगोलले ६८ हजार ६ सय १२ मत छ । उहाँले आफ्ना प्रतिस्पर्धी भन्दा ४४ हजार ८ सय ६ मत बढी ल्याउनु भएको छ । डंगोलको उमेर २९ मात्रै हो । उमेरको हिसावमा चम्पादेवी गाउँपालिका, ओखलढुंगाकी उपमेयर दिला माया मगरको उमेर २५ छ । कल्याणपुर नगरपालिका, सिराहाकी रेखा कुमारी यादवको पनि उमेर २५ हो ।

लिखु गाउँपालिका, ओखलढुंगाकी उपाध्यक्ष अस्मिता थापाको उमेर पनि २६ मात्रै छ । त्यसैगरी ४१ जना उपप्रमुख र उपाध्यक्ष ३५ वर्ष मुनीका रहेका छन् । मैत्रीन्युजका लागि अरुणा मानन्धरले यो पटक मुलुकका ७ सय ५३ स्थानीय तहमा नेकपा (एमाले) का तर्फबाट विजयी भएका युवा नेतृत्वको अवस्था कस्तो छ ? उनीहरु कहाँ–कहाँबाट विजयी भए ? यहि विषयको गरेको यथार्थ खोजनीतिः

मेयर–अध्यक्षमा एमालेका तर्फबाट ४० कम उमेरका विजयी कहाँ–कहाँबाट ?

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा एमाले विजयी भएको छ । ३४ वर्षका दिपेन्द्र पोमु ३ हजार ३६ मत ल्याएर अध्यक्ष निर्वाचित हुनुभएको छ । त्यस्तै ३४ वर्षका डम्बर बहादुर बिसी अछामको तुर्माखाँद गाउँपालिकाबाट ३ हजार ५ सय २३ ल्याएर अध्यक्ष निर्वाचित हुनुभएको छ । दार्चुलाको महाकाली नगरपालिकाको मेयरमा ४० वर्षका नरसिंह चैंसिर ५ हजार ३ मतसहित विजयी हुनुभएको छ । रौतहटको मौलापुर नगरपालिकाकी ३७ वर्षीया रीना कुमारी साह ५ हजार ५ सय ६४ ल्याएर विजयी हुनुभएको छ भने रुपन्देहीको ३५ वर्षीया ओमसतिया गाउँपालिकाका मन्जित कुमार यादव ४ हजार ८ सय ३२ मतसहित विजयी हुनुभएको छ ।

दुहुँ गाउँपालिका, दार्चुलाका नरेन्द्र वहादुर सिंह वडाल २ हजार ८ सय ८६ मतसहित विजयी हुनुभएको छ । उहाँको उमेर ४० छ । छथर गाउँपालिका, तेह्रथुममा ३६ वर्षका सन्त वीर लिम्बु ३ हजार ९ सय १५ मत ल्याएर विजयी हुनुभएको छ भने बुढीनन्दा नगरपालिका, बाजुराका जनक कुमार बोहरा ५ हजार १ सय १५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको पनि उमेर ४० छ । बगनासकाली गाउँपालिका, पाल्पाकी सरस्वती दर्लामीको उमेर ४० हो । उहाँ पनि ६ हजार ४ सय ६६ मतसहित विजयी हुनुभएको छ । पाणिनी गाउँपालिका, अर्घाखाँचीकी नर्मदा गौतम (पौडेल)को पनि उमेर ४० हो ।

उहाँ ७ हजार ६ सय ६१ मतसहित विजयी हुनुभएको छ । गौमुल गाउँपालिका, बाजुराका हरी वहादुर रोकायाको पनि उमेर ४० छ । उहाँ पनि ३ हजार ४ सय ३४ मतसहित विजयी हुनुभएको छ । सखुवा प्रसौनी गाउँपालिका, पर्साका जसवन्त यादवको उमेर ३२ छ । उहाँ ६ हजार ६ सय ४१ मतसहित विजयी हुनुभएको छ । छिपहरमाई गाउँपालिका, पर्साका मनोज कुमारको उमेर ३८ हो । उहाँ ४ हजार १ सय ८८ मतसहित विजयी हुनुभएको छ भने माप्य दुधकोशी गाउँपालिका, सोलुखुम्बुका बुद्धि किरण राईको उमेर ४० छ । उहाँ ३ हजार ३ सय ४३ मतसहित विजयी हुनुभएको छ ।

फिक्कल गाउँपालिका, सिन्धुलीकी पार्वती सुनुवारको उमेर ३७ छ । उहाँ ४ हजार ६२ मत छ । उहाँ यस अघि उपाध्यक्ष हुनुहुन्थ्यो । भीमफेदी गाउँपालिका, मकवानपुरक हिदम लामा ५ हजार ५ सय ९१ मतसहित विजयी हुनुभएको छ । उहाँको उमेर ४० हो । उहाँ दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित हुनुभएको हो । केरावारी गाउँपालिका, मोरङ्ग सुमन मिरिङचिङ मगरको उमेर ३९ छ । उहाँले ७ हजार ८ सय १० मत ल्याउनु भएको छ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका लोकेन्द्र राईको उमेर ३५ छ । उहाँ अध्यक्ष निर्वाचित हुँदा २८ वर्षकी अरुणा थापा उपाध्यक्ष बन्नुभएको छ ।

त्यस्तै सोलुखुम्बु जिल्लाको खुम्वु पासाङल्हमु गाउँपालिकाका ३८ वर्षीय मिङमा छिरी शेर्पा २ हजार २८ मतसहित अध्यक्ष विजयी हुँदा उपाध्यक्षमा पनि एमालेकै टासी ल्हमू शेर्पा विजयी हुनुभएको छ । उहाँको उमेर ३९ हो ।

चामे गाउँपालिका, मनाङ्गका ३६ वर्षीय लोकेन्द्र वहादुर घले ३ सय २० मतसहित विजयी हुनुभएको छ भने फेदीखोला गाउँपालिका, स्याङ्जाका ३७ वर्षीय घनश्याम सुवेदी ३ हजार ८ सय ३६ र हरीनास गाउँपालिका, स्याङ्जाका ३७ वर्षीय खिम नारायण मानन्धर ४ हजार ७ सय ६९ मतसहित विजयी हुनुभएको छ ।

बौदीकाली गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रकाश ओझाको उमेर ३८ हो । उहाँले ३ हजार ९ सय ७६ मत र बुलिङटार गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का २७ वर्षीय दिपेन्द्र सुनारीले ४ हजार ५९ मत ल्याउनु भएको छ । लोमन्थाङ गाउँपालिका, मुस्ताङका टसी न्हर्वु गुरुङको उमेर ३८ हो । उहाँले ६ सय ६८ मत ल्याउनु भएको छ ।

बैतडीको डीलासैनी गाउँपालिकाका स्वतन्त्र उम्मेदवार सन्तोष प्रकाश जोशी ३ हजार १ सय ८९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँ पनि अनेरास्ववियुको पूर्व नेता हुनुहुन्छ । उहाँको उमेर ३५ हो ।

उपमेयर–उपाअध्यक्षमा एमालेका तर्फबाट ४० कम उमेरका विजयी कहाँ–कहाँबाट ?

मतका हिसावमा सबै भन्दा बढी मत ठमाडौँ महानगरपालिकाकी सुनिता डंगोलको छ । २९ वर्षीया डंगोलले ६८ हजार ६ सय १२ मत ल्याउनु भएको छ । उहाँले आफ्ना प्रतिस्पर्धी भन्दा ४४ हजार ८ सय ६ मत बढी ल्याउनु भएको थियो । अनेरास्ववियुकी नेतृ समेत रहनु भएकी लिखु गाउँपालिका, ओखलढुंगाकी अस्मिता थापाको उमेर २६ मात्रै हो । उहाँले ४ हजार १ सय १६ मत ल्याउनु भएको छ । उहाँले १ हजार ४७ मतान्तरले जित्नु भएको हो । अनेरास्ववियुकै नेतृ कल्पना कुमारी थापाको उमेर ३० हो ।

२९ वर्षीया डंगोलले ६८ हजार ६ सय १२ मत ल्याउनु भएको छ । उहाँले आफ्ना प्रतिस्पर्धी भन्दा ४४ हजार ८ सय ६ मत बढी ल्याउनु भएको थियो । अनेरास्ववियुकी नेतृ समेत रहनु भएकी लिखु गाउँपालिका, ओखलढुंगाकी अस्मिता थापाको उमेर २६ मात्रै हो

उहाँले आठबीस नगरपालिका, दैलेखको उपमेयरमा ५ हजार १ सय ७५ मत ल्याउनु भएको छ । चम्पादेवी गाउँपालिका, ओखलढुंगा दिला माया मगरको उमेर २५ छ । उहाँले ४ हजार ५ सय १३ मत ल्याउनु भएको छ । कल्याणपुर नगरपालिका, सिराहाकी रेखा कुमारी यादवको पनि उमेर २५ हो । उहाँले ५ हजार ७ सय ३३ मत ल्याउनु भएको छ ।

निजगढ नगरपालिका, बाराकी सोम माया थिङ्गको उमेर २८ हो । उहाँले ८ हजार ६ सय ५९ र लेकम गाउँपालिका, दार्चुलाकी माधवी जोशीले २ हजार ६ सय ८५ मत ल्याउनु भएको छ । उहाँको उमेर २९ हो । दोगडाकेदार गाउँपालिका, बैतडीकी पार्वती कार्कीको उमेर २८ हो । उहाँले ४ हजार ७ सय ८४ र लुम्बिनी सांस्कृतिक नगरपालिका, रुपन्देहीकी २८ वर्षीया कल्पना हरिजनले ६ हजार १ सय ६९ मत ल्याउनु भएको छ । धुर्कोट गाउँपालिका, गुल्मीकी सिता गिरीको २९ हो । उहाँले ६ हजार १ र लालझाँडी गाउँपालिका, कन्चनपुरकी २६ वर्षीया सपना चौधरीले ३ हजार ५ सय ६१ मत ल्याउनु भएको छ ।

नार्पा भूमि गाउँपालिका, मनाङ्गकी मेङमर फुन्चो लामाको उमेर ३८ छ भने मादी गाउँपालिका, कास्कीकी कल्पना गुरुङ्गके उमेर ३९ हो । महाशिला गाउँपालिका, पर्वतका धनसुवा बि.कको उमेर पनि ३५ छ । उहाँले २ हजार ७ सय ६ र मोदी गाउँपालिका, पर्वतका विमल लामिछानेले ६ हजार ३ सय ३ मत ल्याउनु भएको छ । लामिछानेको उमेर ३१ हो । विहादी गाउँपालिका, पर्वतकी ३३ वर्षीय मिना शर्मा तिवारीको उमेर पनि ३३ हो । उहाँले ३ हजार २ सय २७ र क्व्होलासोथार गाउँपालिका, लमजुङकी ३७ वर्षीया गमी माया गुरुङले ३ हजार ९ सय ८९ मत ल्याउनु भएको छ ।

सान्नी त्रिवेणी गाउँपालिका, कालिकोटकी ३३ वर्षीया पार्वती सिंह(संज्याल) ले १६ सय ७२ मत ल्याउनु भएको छ । गुराँस गाउँपालिका, दैलेखकी ३२ वर्षीय सिवा कुमारी खड्काको ४ हजार ६ सय ९८ छ

लो–घेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङका २९ वर्षीय छिरिङ ल्हामोको मत ५ सय ८२ र लोमन्थाङ गाउँपालिका, मुस्ताङकी ३७ वर्षीया छयुमी बिष्ट गुरुङको उमेर ३७ हो । गुरुङको मत ६ सय ३२ छ । कालीमाटी गाउँपालिका, सल्यानकी सनसिल्ता वली(डी.सी.)को उमेर ३५ हो । उहाँको मत ३ हजार ५ सय ३५ हो ।

त्यस्तै त्रिपुरासुन्दरी नगरपालिका, डोल्पाकी देवी घर्तीको उमेर ३८ छ । उहाँले १ हजार ८ सय ५६ र तिलागुफा नगरपालिका, कालिकोटका ३७ वर्षीय महेन्द्र बहादुर शाहीको मत २ हजार ७ सय ५९ छ ।

सान्नी त्रिवेणी गाउँपालिका, कालिकोटकी ३३ वर्षीया पार्वती सिंह(संज्याल) ले १६ सय ७२ मत ल्याउनु भएको छ । गुराँस गाउँपालिका, दैलेखकी ३२ वर्षीय सिवा कुमारी खड्काको ४ हजार ६ सय ९८ छ । रूपा गाउँपालिका, कास्कीका नवराज ओझाको उमेर ३४ हो । उहाँको मत ५ हजार ७ सय ४९ र कालीगण्डकी गाउँपालिका, स्याङ्जाकी सावित्रा कोइरालाको उमेर ३९ छ । कोइरालाले ६ हजार २ सय २३ मत छ ।

फेदीखोला गाउँपालिका, स्याङ्जाकी ३७ वर्षीय देउकुमारी गुरुङको मत ९ सय ७८ छ । हरीनास गाउँपालिका, स्याङ्जाकी इन्द्र कुमारी थापा रानाको उमेर ३१ छ । उहाँलेले ४ हजार ७ सय ४० छ । बौदीकाली गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) डिल कुमारी के. सी. सारुको उमेर ३४ छ । उहाँले ३ हजार ९ सय ६२ छ ।

नौवहिनी गाउँपालिका, प्यूठान विस्ना थापाको उमेर ३६ छ । उहाँले ६ हजार ३ सय ४ र बासगढी नगरपालिका, बर्दियाकी ३३ वर्षीया इन्दिरा चौधरीको ११ हजार ३५ छ ।
सरावल गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) की वासमती चमारको उमेर ३८ छ । उहाँले ५ हजार ७ सय ४३ मत ल्याउनु भएको छ । पन्चेश्वर गाउँपालिका, बैतडीकी विना भट्टको उमेर ३५ छ । उहाँ ३ हजार ६४ मतसहित विजयी हुनुभएको छ ।

उमेयर र उपाध्यक्षमा विजयी र पालिका नाम, उमेर र मत
तुर्माखाँद गाउँपालिका, अछाम
बिमला कुमारी शाही (३५ )
मतः ३५०१
पर्सागढी नगरपालिका, पर्सा
पूजा चौधरी (२९ )
मतः ७६१६
पोखरिया नगरपालिका, पर्सा
रुवी कुमारी ठाकुर(२७ )
मतः ५१९५
बहुदरमाई नगरपालिका, पर्सा
सुष्मा कुमारी कुशवाहा(३२ )
मतः ६४४०
गौमुल गाउँपालिका, बाजुरा
सिता रोकाया (थापा)(४० )
मतः ३१९४
हिमाली गाउँपालिका, बाजुरा
राज कला सार्की(३४)
मतः २३६७
शैल्यशिखर नगरपालिका, दार्चुला
शान्ति खडायत(४० )
५६४८
बडीमालिका नगरपालिका, बाजुरा
नन्दा कुमारी थापा(३३ )
मतः४२३३
बिन्दबासिनी गाउँपालिका, पर्सा
ज्योती देवी चौरिसया(३६ )
मतः२३६६
गौरादह नगरपालिका, झापा
जलवर्षा राजवंशी(४० )
मतः ११९१४
सुनवर्षी नगरपालिका, मोरङ्ग
श्याम प्रसाद राजवंशी(३९ )
मतः ८६३९
ठोरी गाउँपालिका, पर्सा
गोकुली कुमारी रेग्मी(४० )
मतः४२५९
शिवराज नगरपालिका, कपिलवस्तु
शिव कुमारी चौधरी(२८ )
मतः ७९५५
परवानीपुर गाउँपालिका, बारा
सुगान्धी देवी कनुइन (३६ )
मतः ३२३२
प्रसौनी गाउँपालिक, बारा
किरण देवी(३८ )
मतः३९८३
औरही गाउँपालिका, धनुषा
पुनम कुमारी साह(३६ )
मतः२९४९
रामगोपालपुर नगरपालिका, महोत्तरी
रिना देवी यादव(३८ )
मतः४२६३
किस्पाङ गाउँपालिका, नुवाकोट
बिर बल तामाङ (३९ )
मतः ३६३८
उत्तरगया गाउँपालिका, रसुवा
चमेली गुरुङ(३५ )
३१३४
ललितपुर महानगरपालिका, ललितपुर
मन्जली शाक्य बज्राचार्य(४० )
मतः २५०८४
पाँचखाल नगरपालिका, काभ्रेपलाञ्चो
सुर्य माया दनुवार(४० )
मतः ९५३४
ईन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक
शोभना तामाङ(३१ )
मतः ६५१३
गोसाईकुण्ड गाउँपालिका, रसुवा
प्रतिमा तमाङ(२८ )
मतः २५४५
भोजपुर नगरपालिका, भोजपुर
निर्मला शेर्पा(३८ )
मतः ५५००
हिलिहाङ गाउँपालिका, पाँचथर
सुमित्रा उप्रेती सेडाईँ(३८ )
मतः ४१४६
गोलबजार नगरपालिका, सिराहा
मान्ती साह(३८ )
मतः७७०३
फाकफोकथुम गाउँपालिका, इलाम
कल्पना राई(३७ )
मतः५१५८
नरहा गाउँपालिका, सिराहा
राम प्रमोद यादव(३९ )
मतः२६९५
बान्नीगढी जयगढ गाउँपालिका, अछाम
श्रीमती बिन्दु रावल(३८ )
मतः२७३१
मंगलसेन नगरपालिका, अछाम
संगीता कुमारी रावल(३३ )
मतः ५७१९
साइपाल गाउँपालिका, बझाङ्ग
डोल्मा तामाङ्ग(३४ )
मतः ६७५
जोरायल गाउँपालिका, डोटी
जमुना कुमारी बोहरा(रोकाया)(४० )
मतः ३५९९
धनगढी उपमहानगरपालिका, कैलाली
कन्द्कला कुमारी राना(३८ )
मतः १५४७९
तलकोट गाउँपालिका, बझाङ्ग
पार्वती कुवर भण्डारी (३० )
मतः २६२१
भगवानपुर गाउँपालिका, सिराहा
रेखा कुमारी यादव(३४ )
मतः ३९६०
खाँडादेवी गाउँपालिका, रामेछाप
रमा घिसिङ्ग(३९ )
मतः ७४५८
लिखु तामाकोशी गाउँपालिका, रामेछाप
दिपा पाख्रिन(३२ )
मतः ४१२६
अर्जुनधारा नगरपालिका, झापा
खड्गमाया पराजुली(३९ )
मतः१७६३७
कमल गाउँपालिका, झापा
प्रमिला न्यौपाने (४० )
मतः१०८४५
गौरीगंज गाउँपालिका, झापा
पुजन न्यौपाने (कूवर)(३७ )
मतः ४७५५
भोटखोला गाउँपालिका, संखुवासभा
सहना लामा(३१ )
मतः १७९१
गढी गाउँपालिका, सुनसरी
अनिता कुमारी साह(३७ )
मतः ७८१५
बर्जु गाउँपालिका, सुनसरी
नितु कुमारी चौधरी(३८ )
मतः ८०४५
महाकाली नगरपालिका, दार्चुला
दुर्गा कुमारी खत्री(३९ )
मतः ४६३६
शिवनाथ गाउँपालिका, बैतडी
सकुन्तला साउद(३४ )
मतः २८१७
कालीगण्डकी गाउँपालिका, गुल्मी
मञ्जु कुमारी दर्लामी(३८ )
मतः ४४८४
मदाने गाउँपालिका, गुल्मी
सरिता खड्का(३५ )
मतः ४५६७
सत्यवती गाउँपालिका, गुल्मी
निरमाया तरामु(३७ )
मतः ६२२४
गैडहवा गाउँपालिका, रुपन्देही
माधुरी जैसवाल(३६ )
मतः ४७५६
बाणगंगा नगरपालिका, कपिलवस्तु
रीता कुमारी चौधरी(३७ )
मतः१९३९९
विजयनगर गाउँपालिका, कपिलवस्तु
लक्ष्मी कुमारी चौधरी(३३ )
मतः ४९३०
सिस्ने गाउँपालिका, रुकुम पूर्व
गोपाल रेउले(३९ )
मतः ३७६१

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *