लण्डन टू पेरिस फाल्गुन ५ गते रिलिज हुने

काठमाडौं : नेपाली चलचित्र ‘लण्डन टू पेरिस’ यही आउँदो फागुन ५ मा रिलिज हुने भएको छ ।

निर्देशक घनश्याम लामिछानेको उक्त चलचित्रमा अभिनेत्री साम्राज्ञीको मुख्य भूमिका रहेको छ ।

साम्राज्ञी, गरिमा शर्मा, निश्चल खड्का, कबीर खड्का र मनिष श्रेष्ठलगायतको मुख्य भूमिका रहेको छ ।

ट्राभल लभ स्टोरीको कथामा निर्माण भएको चलचित्र लण्डन र पेरिसमा छायांकन भएको हाे ।

उक्त फिल्म फागुन ७ गते प्रजातन्त्र दिवस र ९ गते ग्याल्पो ल्होछारको अवसरमा प्रदर्शनमा आउन लागेको हो ।