भक्तपुरबाट जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ

भक्तपुर : भक्तपुरबाट जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ परेकाे छ ।

प्रहरीले १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखा बैत्यश्वर गाउँपालिका घर भई भक्तपुर नगरपालिका-१ दुधपाटी बस्ने १८ वर्षीय किशोरलाई पक्राउ गरेको हाे ।

उनले ती बालिकालाई भक्तपुर नगरपालिका-१ दुधपाटीस्थित आफू काम गर्ने क्याफेमा बिहीबार दिउँसो जबरजस्ती करणी गरी भागेपछि प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।