मकवानपुरबाट अवैध लागूऔषध सहित २ जना पक्राउ
मकवानपुर : मकवानपुरकाे मनहरी गाउँपालिका-९ भलाद्मी चोकबाट अवैध लागूऔषध सहित २ जना पक्राउ परेकाे छ ।
प्रहरीले अवैध लागूऔषध करिब १५ किलो अवैध गाँजा सहित २ जनालाई पक्राउ गरेको हाे । पक्राउ पर्नेहरूमा महोत्तरी एकटाँगा गाउँपालिका-४ बस्ने २१ वर्षीय नितेष कुमार यादव र सोही ठाउँ बस्ने २२ वर्षीय कमल साह रहेका छन् ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेकाहरू संग यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।