बाँकेबाट अवैध लागूऔषध सहित तीनजना पक्राउ

बाँके : कोहलपुर नगरपालिका-१२ बाट अवैध लागूऔषध सहित तीनजना पक्राउ परेकाे छ ।

पक्राउ पर्नेमा चप्परगौडी बस्ने ३८ वर्षीया यसोदा कार्की, उनकै श्रीमान ४१ वर्षीय रुद्ध बहादुर कार्की र सोही नगरपालिका-१२ बस्ने २० वर्षीय मनोज गिरीलाई २६ ग्राम ४ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको हाे ।

ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले मनोजलाई करिब १ सय १० मिलिग्राम लागूऔध सहित पक्राउ गरी थप अनुसन्धान गर्ने क्रममा उनले उक्त लागूऔषध यसोदाबाट खरिद गरी ल्याएको खुल्न आएपछि यसोदाको घर तलासी गर्दा दराजभित्र लुकाई राखेको अवस्थामा थप २६ ग्राम २ सय ९० मिलिग्राम उक्त लागूऔषध, डिजिटल तराजु १ थान, नगद ५ लाख ७३ हजार ८ सत १० रूपैयाँ फेला पारी बिक्री गर्ने कार्यमा संलग्न रुद्ध बहादुर समेतलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।