दसैं नजिकिदैं गर्दा ७३ हजार नक्कली नोट सहित पक्राउ

काठमाडौं : काठमाडौंकाे चन्द्रागिरीबाट नक्कली नोट सहित एकजना पक्राउ परेकाे छ ।

पक्राउ पर्नेमा सुनसरी देवानगन्ज गाउँपालिका-६ बस्ने २६ वर्षीय भोगान्द मेहेता रहेका छन् । उनलाई
चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट एक हजार दरका ७३ थान नक्कली नोट सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश १-०२-००२ ख ९७५६ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार मेहेतालाई ज्याकेटको खल्तीमा लुकाई ल्याएको उक्त नोट सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका मेहेतालाई प्रहरीले थप अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।