भारतबाट फर्किएको भाेलीपल्टै श्रीमान् द्वारा श्रीमतीको हत्या

धनगढी, ६ असोज । कैलालीमा बिहीबार बिहान भएको हत्याकाे घटनामा संलग्न भएको आरोपमा प्रहरीले मृतकका श्रीमान्लाई पक्राउ गरेकाे छ ।

प्रहरीले गौरीगंगा नगरपालिका–५ की ३२ वर्षीया ललिता नाम्जाली मगरमाथि कुटपिट गरेर हत्या गरेको आरोपमा उनका श्रीमान् ३४ वर्षीय शेरबहादुर नाम्जाली मगरलाई पक्राउ गरिएको जनाएको छ ।

प्रहरीले शेरबहादुरलाई गौरीगंगा नगरपालिका–५ अण्डैयाको कोहलपुरबाट पक्राउ गरिएको इप्रका मालाखेतीका प्रमुख रवीन्द्र पाण्डेले जानकारी दिए ।

शेरबहादुर बुधबार मात्रै भारतबाट घर फर्किएका थिए । उनले नै राति श्रीमतीमाथि कुटपिट गरेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्या किन र के कारण गरियाे भन्ने कारण भने खुल्न सकेको छैन ।

धारिलो हतियार प्रहारबाट १७ वर्षीया छोरी लक्ष्मीको टाउको र घाँटीमा गम्भीर चोट लागेको छ भने १२ वर्षीय छोरा विजय नाम्जाली समान्य घाइते छन् ।