भक्तपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं, ६ असोज, । भक्तपुरमा पर्यटक बसले ठक्कर दिंदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
ठक्करबाट मृत्यु हुनेमा भक्तपुर नगरपालिका-१ दूधपाटी बस्ने ७२ वर्षीय दिलमाया श्रेष्ठ रहेकी छन् ।
सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा१प १५५१ नं. को बसले बुधबार राति साढे ८ बजेतिर श्रेष्ठलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी श्रेष्ठको डा. ईवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।