चलचित्र ‘नालापानी’को टिजर सार्वजनिक

काठमाडौँ, ७ असाेज । ऐतिहासिक कथावस्तुमा निर्माण भएको चलचित्र ‘नालापानी’को टिजर सार्वजनिक भएको छ।

बिहीबार सार्वजनिक गरिएको टिजरमा अंग्रेजी फौजसँग नेपालीहरुले लडेको युद्धलाई देखाइएको छ।

चलचित्र देहरादुनस्थित नालापानी गढीमा भएको नेपाल–अंग्रेज युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर निर्माण भएको हो।

चलचित्र आगामी कार्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको हाे ।

चलचित्र विकास बोर्डले ‘नालापानी’काे कथालाई दुई वर्ष अगाडि विशेष चलचित्र घोषित गरेकाे थियाे ।

चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्यायलगायतको अभिनय छ।