रुसमा जोडिने र बाँकी क्षेत्रको सिमाना स्पष्ट पार्न आवश्यकः क्रेमलिन
मस्को, १४ असोज । क्रेमलिनले रुसले जोड्न चाहेको युक्रेन र बाँकी युक्रेनी क्षेत्र बीचको सीमा स्पष्ट पार्न आवश्यक रहेको जनाएको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, डोनेट्स्क र लुगान्स्क जन गणतन्त्रलाई रूसले सन् २०१४ मा आप्नो सीमा भित्र मान्यता दिएको छ। उनले भने( खेरसन र जापोरिझिया क्षेत्रहरूको हकमा अझै स्पष्ट पार्न आवश्यक रहेको छ ।
