एमाले उच्च स्रोतले भन्यो– ‘जसपासँग चुनावी तालमेलबारे आजै सहमति हुनसक्छ’

cpnuml

काठमाडौँ, २०, असोज । नेकपा एमाले र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबीच चुनावी तालमेल हुने सम्भावना नजिक पुगेको छ । एमाले उच्च स्रोतका अनुसार अहिले सिट बाँडफाँट कसरी गर्ने भन्ने विषयमा छलफल भैरहेको छ ।

‘सम्भवतः आजै सहमति हुन्छ होला,’ स्रोतले भन्यो, ‘अध्यक्ष (केपी शर्मा ओली) ज्यु तालमेलका लागि सकारात्मक हुनुहुन्छ । उताबाट पनि सकारात्मक पहल भैरहेको छ ।’ पछिल्लो समय सत्ता गठबन्धनसँग असन्तुष्ट रहेको जनता समाजवादी पार्टी एमालेसँग नजिक भैरहेको छ ।

प्राप्त जानकारी अनुसार एमालेका शीर्ष नेता र यादवसहितका नेताहरूबीच निरन्तर छलफल जारी रहेको छ । एमालेले यादवलाई मधेस प्रदेशमा एक्लै सरकार बनाउन सक्ने गरी सिट दिन सक्नेसम्मको तयारीमा रहेको बुझिएको छ ।