सातौँ पटकसम्म छाड्नुभएन प्रधानमन्त्री देउवाले उमेदवारी दिन, आज पनि दिंदै
काठमाडाैं, २३ असाेज । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सातौँ पटक उम्मेदवारी दर्ता गराउन लाग्नुभएको छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उहाँले आज डडेल्धुराबाट उमेदवारी दर्ता गराउँदै हुनुहुन्छ ।
उहाँले प्रतिनिधिसभा सदस्यका लागि आज सातौँ पटक उम्मेदवारी दर्ता गराउन लाग्नुभएको हो ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रधानमन्त्री देउवाको तर्फबाट उहाँकी धर्मपत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले आज अपराह्न २ बजे मनोनयन दर्ता गराउनुहुनेछ ।
उम्मेदवारी दर्ताका लागि वारिसनामासहित प्रधानमन्त्री पत्नी डा राणा शनिबार बेलुका नै डडेल्धुरा आइपुग्नुभएको हाे ।
