झापाबाट ओलीको उम्मेदवारी दर्ता (सात तस्बिर)

झापा, २३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उमेदवारी दर्ता गराउनु भएको छ । यो उहाँको गृहजिल्ला पनि हो ।

उहाँले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा आफैं पुगेर उम्मेदवारी दर्ता गर्नुभएको हो । आफ्नो उम्मेदवारी दर्ताका लागि अध्यक्ष शनिबार नै झापा आइपुग्नुभएका ओलीले उम्मेदवारी दर्तापछि मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टी एमालेले बहुमत ल्याउने बताउनुभयो ।