नवलपरासीबाट ६० बोरा अवैध चिनी बरामद

नवलपरासी, २६ असाेज । प्रहरीले नवलपरासीबाट ६० बोरा अवैध चिनी बरामद गरेको छ ।

नवलपरासीकाे सरावल गाउँपालिका–४ बडसारेमा भन्सार छलेर ल्याइएको करिब एक लाख १५ हजार मूल्य बराबरको चिनी बरामद भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक मेघनाथ चापागाईँको नेतृत्वमा खटिएको टोलीले बुधबार अवैध चिनी बरामद गरेको हो ।

प्रहरीले बरामद भएको चिनी भन्सार कार्यालय महेशपुर पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *