यस वर्षको एसइई आगामी चैत दोस्रो हप्तादेखि ( हेर्नुहोस कार्यतालिका )
काठमाडौं, २७ असाेज । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत दोस्रो हप्तादेखि हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० द्वारा जारी शैक्षिक २०७९ को परीक्षासम्बन्धी वार्षिक कार्यतालिकाअनुसार एसइई परीक्षा चैत दोस्रो सातादेखि हुने गरी मिति तय भएको हो।
कार्यतालिकामा एसइईको नतिजा २०८० असारमा प्रकाशित गरिने उल्लेख छ ।

