आफ्नो क्षेत्रका सबै सिट कांग्रेसलाई दिएपछि हुसेन माओवादी छाडेर एमालेमा

काठमाडौँ, २८ असोज । नेकपा माओवादी केन्द्रको घोषणापत्र मस्यौदा समितिका सदस्य जाकिर हुसेन नेकपा (एमाले) प्रवेश गनुृभएको छ । माओवादी केन्द्रीय सल्लाकार समिति सदस्य तथा पूर्व राज्यमन्त्री हुसेन प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको घोषणापत्र मस्यौदा समितिका सदस्य हुनुहुन्थ्यो ।

उहाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोट निवासमा पार्टी प्रवेश गराउनुभएको हो । संघीय सांसदका लागि आकांक्षी उहाँलाई हुनुहुन्थ्यो । आफ्नो क्षेत्रका संघ र प्रदेशका गरी तीनवटै क्षेत्र कांग्रेसले राखेपछि माओवादी खाली भएको थियो ।