युरोपेली सङ्घको पुनःसंरचना गर्न जर्मन चान्स्लरको आग्रह

बर्लिन, २९ असोज । जर्मनीका चान्स्लर ओलाफ सोल्सले युरोपेली सङ्घको पुनःसंरचना गर्न माग गर्नुभएको छ । सङ्घअन्तर्गत रहेका २७ देशको छुट्टै प्रशासनिक र सैन्य सेवाको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

जर्मनीको बर्लिनमा आयोजित युरोपेली समाजवादी पार्टीको सम्मेलनमा बोल्दै उहाँले युरोपेली सङ्घमा विस्तारै केही परिवर्तन आवश्यक भएको धारणा राख्नुभयो । विषेश गरेर विदेश नीति, कर प्रणाली, सैन्य सेवा, प्रशासनिक व्यवस्थालगायतका क्षेत्रमा केही संशोधन आवश्यक भएको उहाँको भनाइ थियो ।

युरोपेली सङ्घको स्वायत्तता, क्षेत्राधिकार तथा कार्य प्रणालीमा पनि सुधार हुनुपर्नेमा चान्स्लर सोल्सले जोड दिनुभएको थियो ।