शताब्दी पुरुष जोशीको मृत्यु शोकमा आज एकदिन ललितपुर महानगरपालिकाका सबै सेवा बन्द हुने

ललितपुर, ३० असाेज । ललितपुर महानगरपालिकाले वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीकाे मृत्यु शोकमा आज महानगरपालिकाबाट प्रदान गरिने सबै सेवा बन्द गर्ने जनाएको छ।

संस्कृतिविद् वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि महानगरपालिकाको प्राङ्‍गनमा राखिने भएपछि महानगरपालिकाले एकदिन सेवा बन्द गरिएको जनाएको हाे ।

शताब्दी पुरुष जोशीको एक सय तीन वर्षको उमेरमा आज बिहान ललितपुरस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियाे ।

शताब्दी पुरुष जोशीले नेपाली वाङ्मयका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्।