२८ लाख घुससहित रामेछापका खानेपानी कार्यालयका इन्जिनियर पक्राउ
काठमाडौं, २ कात्तिक । रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा कार्यरत इन्जिनियर २८ लाख घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८ लाख रुपैयाँ घुस रकमसहित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ का इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई पक्राउ गरेको हाे ।
उनीहरुकाे साथ बाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ बरामद गरिएको अख्तियार स्रोतले जनाएकाे छ ।
रामेछापको इन्छिनगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानीवापत उनीहरुले रकम लिएको खुलेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
इन्जिनियर सत्याल र प्लम्बर थापालाई अख्तियारको टोलीले बुधबार मन्थली नगरपालिका-१ स्थित खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको हो ।