फ्रि भिसा, फ्रि टिकटमा विदेश पठाइदिन्छु भन्ने एकीकृत समाजवादी बाराका उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई स्पष्टीकरण माग

काठमाडाैं २ कार्तिक । निर्वाचन आचारसंहिता, २०७९ को उलङ्घन हुने गरी प्रचारप्रसार गरेको विषयमा एकीकृत समाजवादी बाराका उम्मेदवारलाई निर्वाचन आयोगले स्पष्टीकरण मागेकाे छ ।

प्रतिनिधिसभा सदस्य बारा क्षेत्र नं ४ का एकीकृत समाजवादीका उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग निर्वाचन आयोगले २४ घन्टाभित्र स्पष्टीकरण माग गरेको हाे ।

उम्मेदवार श्रेष्ठले निर्वाचन आचारसंहिता बिपरित बेरोजगार युवालाई फ्रि भिसा, फ्रि टिकटमा विदेश पठाइदिने भनी मतदतामाझ बोलेको भिडियो प्राप्त भएकोले यस सम्बन्धमा निर्वाचन आयोगमा वा उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालमा आफै वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *