सुनकाे मूल्य सामान्य बढ्यो, चाँदीकाे घट्यो

काठमाडौं, १२ कात्तिक । स्थानीय बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर दुई लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला तीन हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज घटेर तीन हजार ९३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *