लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अदालतकाे अनुमति

काठमाडाैं, ६ कात्तिक । क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै उनलाई थप हिरासतमा राख्न आइतबार अदालतसँग अनुमति मागेको थियो। अदालतले उनलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरीले जनाएकाे छ ।

अनुसन्धान सकाएपछि प्रहरीले प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंसमक्ष पेस गर्नेछ। त्यसपछि थुनछेकको बहसको काम सुरू हुनेछ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा १७ वर्षीया नाबालिगमाथि पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो।