ऋषि सुनक बेलायतको ५७औं प्रधानमन्त्री

८ कात्तिक, लण्डन। ऋषि सुनक बेलायतको ५७औं प्रधानमन्त्री बनेका छन् । राजा चार्ल्स तृतीयलाई भेटेसँगै ऋषि सुनक औपचारिक रुपमा बेलायतको प्रधानमन्त्री बनेका हुन्।

कन्जरभेटिभ पार्टीको नेता चुनिएका उनले मंगलबार बर्किङ्घम दरबारमा राजासँग भेट गरेका थिए । त्यसक्रममा राजाले सरकार गठनका लागि आग्रह गरेका थिए । उनी बेलायतका पहिलो ब्रिटिश एसियाली प्रधानमन्त्री भएका छन् । बेलायतमा उनी यस वर्षका तेस्रो प्रधानमन्त्री पनि हुन् ।

प्रधानमन्त्री भए लगतै डाउन स्ट्रिटबाट ऋषि सुनन ले देशका नाममा सम्बोधन गरेका थिए ।