भाइटीकाको दिन बालगोपालेश्वर मन्दिरमा भीड

काठमाडौं, १० कात्र्तिक । केही समय अघिमात्र प्रतापमल्लको समय जस्तै गरी शीखर शैलीमा निर्माण गरिएको बालगोपालेश्वर मन्दिर भाइटीकाको दिन भने सर्वसाधारणलाई खुल्ला गरिएको छ । काठमाडौँको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहीबार भाइटीका लगाउने सर्वसाधारणको भीड ।

दिदीबहिनी एवं दाजुभाइ नहुनेहरुले बालगोपालेश्वर मन्दिरमा पूजा दर्शन गरी टीका लगाउने गर्छन् । दिदी बहिनीको आर्शिवाद पाए आफ्नो उन्नति प्रगति हुने भएकोले उनीहरुबाट आर्शिवाद लिनु पर्दछ भन्ने मान्यता भएकोले पनि दिदीबहिनी नहुनेहरु यहाँ आएर बालगोपालेश्वर मन्दिरको पूजा दर्शन गरी टीका लगाउने गर्छन ।