छठपर्वको मुख्य दिन आज वागमती किनारमा अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदै ( एघार तश्बिर )

काठमाडाैं, १३ कात्तिक । छठपर्वको मुख्य दिन आज कार्तिक शुक्ल षष्ठीका दिन निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ । ‘षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ’ ।