मिसेस् नेपाल युनिभर्सको आवेदन खुल्ला

काठमाडाैं, १८ कात्तिक । ‘मिसेस् नेपाल युनिभर्स २०७९’ को प्रतियोगीताका लागि आवेदन खुल्ला भएको छ ।

विवाहित महिलाहरुको समग्र शक्तिकरणमा आधुनिक परिवेश र प्रक्रियाको पाटोबाट पहलकदमी गर्दै उनीहरुको व्यक्तित्व, आत्मविश्वास, क्षमताको अभिवृद्धि गर्दै नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने बनाउने उदेश्यले प्रतियोगीता आयोजना हुन लागेको हो ।

आयोजक जिभा इन्कोरपरेटेडले बिहिबार एक बिज्ञप्ती जारी गर्दै प्रतियोगीताको आवेदन खुल्ला भएको जनाएको हो ।

समाजको हरेक सेक्टरमा महिलाको प्रभावकारिता, जिम्मेवारी बहनमा निखारता र सक्रिय सहभागितालाई अभिप्रेरित गर्ने हेतुले मिसेस् नेपाल युनिभर्स प्रतियोगीता आयोजना थालिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागीका लागि आवेदन दिनेका लागि नोभेम्बर १२ अर्थात् कार्तिक २६ गते अडिसन प्रक्रिया संचालन गरिनेछ । प्रतियोगिताको लागि विवाहित, डिभोर्सी एवं विवाहित भएर पनि एकल जीवन अगाडि बढाइरहेका महिलाले सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगिताको शिर्ष विजेताले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिसेस् युनिभर्स’ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न पाउनेछन् । प्रतियोगिताका उपविजेताहरुले समेत मिसेस्सँंग सम्बन्धित अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छ ।