श्रीलंकाली क्रिकेटर दानुष्का बलात्कारको आरोपमा पक्राउ

एजेन्सी, २० कात्तिक । विश्वकप क्रिकेट खेल्न अष्ट्रेलिया पुगेका श्रीलंकाली क्रिकेटर धनुष्का गुनाथिलाका बलात्कारको आरोपमा पक्राउ परेका छन्।

क्रिकइन्फोका अनुसार एक २९ वर्षीया महिलाले प्रहरीमा धुनुष्काले आफूमाथि बलात्कार गरेको उजुरी दिएपछि आइतबार उनी पक्राउ परेका हुन्।

प्रहरीले गुनाथिलाकालाई सिड्नीको सेन्ट्रल बिजनेस डिस्ट्रिक्टस्थित टोली रहेको होटलबाटै स्थानीय समय अनुसार दिउँसो १ बजे पक्राउ गरेको हो।

प्रहरीका अनुसार रोज बेमा बुधबार गुनाथिलाकाले एक २९ वर्षीया महिलामाथि यौन दुर्व्यवहार गरेका थिए।

ती महिलाको उजुरी पछि थप छानबिन गर्न ३१ वर्षीय दानुस्कालाई नियन्त्रणमा लिएर सिड्नी सिटी प्रहरी चौकीमा राखिएको छ।