राष्ट्रपति भण्डारीद्वारा आइसल्याण्डमा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण

काठमाडाैं, २४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गर्नुभएकाे छ ।

विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लूपीएल) ले बुधबार आइसल्याण्डमा भइरहेकाे भ्रमणकाे क्रममा राष्ट्रपति भण्डारीलाई अवार्ड प्रदान गर्नुभएकाे हाे ।

डब्लूपीएलका संस्थापक एवं अध्यक्ष सिल्भाना कोच–मेहरिनले राष्ट्रपति भण्डारीलाई अवार्ड प्रदान गर्नुभयाे।

राष्ट्रपति भण्डारी महिला राजनीतिक नेतृत्व मञ्चको परिषद् बैठकमा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएकाे थियाे ।

राष्ट्रपति भण्डारी कात्तिक २६ गते बिहान स्वदेश फर्किने कार्यक्रम तय भएको छ।