आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा झापाबाट एकजना पक्राउ
झापा, २४ कात्तिक । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीेले झापाबाट एक जनालाई पक्राउ गरेकाे छ ।
२६ वर्षीया आफ्नै श्रीमती सपना गोरडको हत्या गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका-१ बुधबारे बजारस्थित सुन पसल संचालन गरी बस्ने भारत घर भएका ३२ वर्षीय रघुनाथ मारुती गोरडलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।
उनीहरूबीचको सामान्य वादविवादमा रघुनाथले पानी खाने करुवाले टाउकोमा प्रहार गर्दा सपनाको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधबारे र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएकाे छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।