रवि लामिछानेले चुनाव प्रचारमा प्रयोग गरिएको गाडी तोडफोड
काठमाडौं, २७ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घरदैलो कार्यक्रममा प्रयोग गरेकाे गाडी तोडफोड भएको छ ।
आइतबार दिउँसो चितवनको क्षेत्र नम्बर २ मा पर्ने मुग्लिन नजिकै बा १४ च ७६८४ नम्बरको गाडी तोडफोड भएको हो।
एक जना युवा गाडीमाथि चढेर लात्तिले हानेर सिसा फुटाएको भिडिओ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहराले सार्वजनिक गरेका छन्।
लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी चितवन–२ बाट निर्वाचन प्रतिस्पर्धामा छन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनजित तामाङले गाडी तोडफोडमा संलग्न रहेका मानिसलाई खोजिरहेको उनले बताए।
