राजनीति, कविता र व्यवहारको त्रिवेणीमा समृद्धिको दीप खोज्ने प्रदीप
प्रदीप ज्ञवाली नेपालका बौद्धिक, तार्किक, संयमित, शिष्ट, सौम्य र अत्यन्तै मिलनसार नेताका रूपमा सुपरिचित हुनुहुन्छ । तर, उहाँ एक सशक्त साहित्यकार पनि हुनुहुन्छ । आफना सहित्यमा समेत नेपाली जनताको सुख र समृद्धिको आराधना गर्ने उहाँको कवि व्यक्तित्वको पाटो पनि विशाल छ ।
प्रदीप ज्ञवाली स्वाध्यायनले खारिएका एक चिन्तक हुनुहुन्छ । उच्च शिक्षा अध्ययन गर्ने समयमा व्यक्तिगत र पारिवारिक जीवनलाई चटक्क त्यागेर उहाँ भूमिगत राजनीतिमा हेलिनुभयो । उहाँले भूमिगत अवस्थामा टुकीका उज्यालामा दर्शन पढ्नुभयो, इतिहास र भूगोल पढ्नुभयो । ज्ञान र विज्ञान पढ्नुभयो । ज्ञानले समृद्ध पर्नुभयो । उहाँको औपचारिक उपाधिका बारेमा कतिपय कोणबाट ईष्र्याका झुसिला डकार निकालेको सुनिन्छ ।
हो उपाधिका लागि गाउन (उपाधि लिँदा लगाइने लुगा) लगाएर खिचेको फोटो उहाँको छैन । उहाँको घरमा त्यस्तो फोटो टाँसिएको भित्तो छैन । गुल्मीका जनता र गुल्मीको भूमि उहाँजस्तो उच्च बौद्धिक र विकासप्रेमी कुशल नेता पाएकामा गौरवान्वित छ । अहिले चुनावमा उनै प्रदीप ज्ञवाली विगतको आफ्नो पाँचवर्षे कार्यकालको होमवर्कसहित मैदानमा उत्रिनु भएको छ ।

नेपाली जनताको सुख र नापलको समृद्धि नै उहाँको सपना हो । गुल्मीका जनताको अपार मायाँ उहाँको साथमा छ । अहिले उहाँ चुनावी मैदानमा हुनुहुन्छ। २०७४ सालको आम निर्वाचनमा अत्यधिक बहुमत दिई गुल्मी २ का जनताले जिताए । उहाँलाई यहाँका जनताले अपार माया दिए । प्रदीपको यस कार्यकालमा गुल्मीमा गौरव गर्न लायक काम भए । अहिलेको गुल्मीमा थुप्रै परिवर्तन भयो । काली गन्डकी कोरिडरले काँचुली फेर्यो ।
गुल्मी दुई दुईओटा राष्ट्रिय राजमार्गबाट जोडियो । बर्षेनी कनिका छरेझैँ बजेट छर्ने र उपभोक्ता समितिका नाममा हजम गर्ने बिसौँ वर्ष पुरानो परम्परालाई तोड्दै मध्य पहाडी र काली गन्डकी लिङ्क मार्गका रूपमा रुद्रवेणी वामी टक्सार राजमार्गलाई समावेश गरियो र राष्ट्रिय राजमार्गका रूपमा काम अघि बढाइयो । बाढीपहिरो पीडितको त्वरित उद्धार भयो । पहिरो पीडितहरूले सुरक्षित वासस्थान र टहुराहरूले उचित र आधुनिक शिक्षा पाए ।
गुल्मी दुई दुईओटा राष्ट्रिय राजमार्गबाट जोडियो । बर्षेनी कनिका छरेझैँ बजेट छर्ने र उपभोक्ता समितिका नाममा हजम गर्ने बिसौँ वर्ष पुरानो परम्परालाई तोड्दै मध्य पहाडी र काली गन्डकी लिङ्क मार्गका रूपमा रुद्रवेणी वामी टक्सार राजमार्गलाई समावेश गरियो र राष्ट्रिय राजमार्गका रूपमा काम अघि बढाइयो । बाढीपहिरो पीडितको त्वरित उद्धार भयो । पहिरो पीडितहरूले सुरक्षित वासस्थान र टहुराहरूले उचित र आधुनिक शिक्षा पाए
राष्ट्रिय महत्वका अनेकौँ योजनाहरूले विकासका दृष्टिले गुल्मीको पाँच वर्षअघिको कुपोषित शरीर अहिले केही स्वस्थ बन्यो । प्रकृतिका रौद्र रूपका कारण कातिपय खोलाहरूमा पुल बन्न बाँकी छन् भने ठेकेदारको फरक पक्षधरताका कारण ठेक्का लिएको काम सम्पन्न गरिदियो भने चुनावमा जनप्रतिनिधिलाई जस जान्छ भनेर जानीजानी नगर्ने नगराउने काम जुन भए ती काम देखाएर अहिले केही नभए जस्तो हल्ला पिटाउन खोजिए पनि तमाम काम ती हल्लाको कवच बनेर उभिएका छन् । उहाँले जनताले दिएको होमवर्क राम्रो अङ्क वा ग्रेड आउने गरी पूरा गर्नुभएको छ ।
उहाँको यो कुरा अर्थात् समृद्धिको प्रबल तिर्खा, नेपाली समाजमा विद्यमान विभेदको अन्त्यको प्रबल चाहना उनका कवितामा पनि भेटिन्छ । उहाँको ‘बिनासालिकका नायकहरू’ (२०७३) कविता सङ्ग्रह पढ्दा यस्तो लाग्छ । उहाँको कवि व्यक्तित्व र नेता व्यक्तित्वका बिचको पहिलो हुने भनी द्वन्द्व छ । ज्ञवालीको कवि व्यक्तित्व प्रवाहशील नदी हो । प्रदीपका कवितामा नेपाली माटो छ, श्रमजीवी जनताको मुटु, दुःखीको आँसु, पीडाबाट मुक्तिको प्रतिरोधी चेतना पनि छ । उहाँका कविता पढ्दा यस्तो पनि लाग्छ उहाँ मन्त्रीको लचकदार कुर्सीमा विराजमान भए पनि उहाँको मुटु नेपाली माटोमै छ, उहाँको मन नेपाली जमिनमै छ । त्यसैले त कवि श्यामलले प्रदीपका कविता सङ्ग्रहको गहन र भव्य भूमिकाको शीर्षक नै राख्नुभएको छ – ‘जमिनका कविता’ ।
कवि ज्ञवालीका कवितामा उत्तरआधुनिकताको चम्किलो प्याकेट भित्रका वासी नकारात्मक आयातित संस्कृति, साइवर संस्कृति र भूमण्डलीकरणप्रति प्रहार छ, साथै बढ्दो पर्यावरणीय विनाशप्रति गम्भीर चासो र चिन्ता पनि मजैले अभिव्यक्त छ । सोझो गाउँमा पसेको धूर्त भूमण्डलीकरणको मन्द विषले सिङ्गो गाउँ बिटुल्याएको व्यथा ‘माली गाईः नोस्टाल्जिया’ (७०) शीर्षकको कवितांशमा यस्तो छ–
गाउँ अचेल च्याट गर्छ
र च्याटमै गाँसेको पिरती च्याटमै तोड्छ ‘
कङ्क्रिटको जङ्गलमा
प्लास्टिकका अम्बाहरू टिपेर खाइरहेछु
र निख्खर दूध दिने मेरो माली गाईलाई
प्लास्टिककै घाँस काटेर खुवाइरहेछु ।
सहरभित्र मानवीय संवेदना नै मर्दै गएको र व्यक्तिकेन्द्री विकृत
उत्तरआधुनिकता मौलाउँदै गएकामा कवि प्रदीपलाई अनौठो लाग्छ । उनी बेग्लै
ढङ्गले एउटा ‘पोस्टमोडर्न साँझ’ (९३) कवितामा त्यो भावना यसरी पोख्छन्–
तीन किलो चामलका लागि भिडमा किचिएर भएको हुम्लाको दुःखद समाचार रोकेर एफ.एम.को कान बटार्छ गुरुजी,
र बजाउन थाल्छ– ‘तेरी चुनरी सेक्सी है’ ।
उहाँका कवितामा पहिचानको आवाज छ, दलित मधेश तथा कर्णाली प्रदेशको घनीभूत आवाज छ । उहाँ आमाको महिमा बखान गर्नुहुन्छ । उहाँलाई थाहा छ– आमा महान छन् उनको कतै नाम छैनः अग्रमोर्चामा खटिने सिपाही महान् नायक हुन्, उनको कुनै इतिहास छैन र काठमाडौँलाई काठमाडौँ बनाउने गाउँ हो तर त्यसको कुनै पहिचान छैन । यी सबको मूल्य पहिचान, अस्तित्व र विनिर्माण गर्दै उहाँ कहिल्यै क्षर नहुने अक्षरका सालिक ठड्याउन चाहनुहुन्छ, बिनासालिकका नायकहरू’ कवितामा ।
उहाँका कवितामा पहिचानको आवाज छ, दलित मधेश तथा कर्णाली प्रदेशको घनीभूत आवाज छ । उहाँ आमाको महिमा बखान गर्नुहुन्छ । उहाँलाई थाहा छ– आमा महान छन् उनको कतै नाम छैनः अग्रमोर्चामा खटिने सिपाही महान् नायक हुन्, उनको कुनै इतिहास छैन र काठमाडौँलाई काठमाडौँ बनाउने गाउँ हो तर त्यसको कुनै पहिचान छैन । यी सबको मूल्य पहिचान, अस्तित्व र विनिर्माण गर्दै उहाँ कहिल्यै क्षर नहुने अक्षरका सालिक ठड्याउन चाहनुहुन्छ, बिनासालिकका नायकहरू’ कवितामा
दीक्षान्तको फोटो टाँसिएको भित्तो नभए पनि प्रज्ञा र मेधा उहाँसँग छ भन्ने कुराउहाँको कवितामा प्रयोग गरेका पूर्वीय पाश्चात्य धर्मग्रन्थहरूका विविध सन्दर्भले साक्ष्य प्रस्तुत गरेका छन् । रातभरि यो झुपडी–हजुरको मन्दिर–म हजुरकी आराध्य देवी–मेरा अङ्गप्रत्यङ्ग हजुरका पवित्र चारधाम (१४) सायद कुनै ब्रह्महत्याको पाप पखाल्न÷गर्दैछौ तिमी अश्यमेघ यज्ञ (३३) कल्प कल्पको निद्रा पछि–व्युझिएको छु म वर्वरिक (४७) मेरो मृत्युपछि पनि त्यसरी नै–लडिरहेछन् उजिर सिंहहरू, हाम्रो जीतगढीमा (५७) इतिहास भत्किन्छ–तर भत्किँदैन नीरो (६९) भाग्य फेर्ने अन्तिम लडाइँ लड्न–फेरि एकपल्ट उभिएको छ सिसिफस (४४) आदि ।
वर्वर यातना दिएपछि नाङ्गै हत्या गर्न लैजाँदा नीलो प्लास्टिकबाट आफ्ना निजी अङ्ग ढाकेकी अफ्रिकी मुक्ति योद्धा ‘फिला नवान्दे’ लाई उहाँ महाभारतकी द्रौपदीको मिथकीय बिम्ब प्रदान गर्नुहुन्छ र ‘अफ्रिकी द्रौपदी’ भन्नुहुन्छ । यसरी जटिल सन्दर्भलाई सरल मिथक मार्फत उहाँ हामीलाई छर्लङ्गै बुझाउँनुहुन्छ । प्रदीपका कवितामा मौलिक, अर्गानिक र ग्रामीण बिम्ब छन् । कटेरामा रोइरहेछ थारो पाडी (१०) ढेव्रीको मलिनो उज्यालो (५९) गाइरहेछ पीडाको धमारी (३४) आदि ।
प्रदीपका कवितामा मौलिक, अर्गानिक र ग्रामीण बिम्ब छन् । कटेरामा रोइरहेछ थारो पाडी (१०) ढेव्रीको मलिनो उज्यालो (५९) गाइरहेछ पीडाको धमारी (३४) आदि
प्रदीपले पुस्तकको भूमिकामा कत्ति धेरै र गहन कुरा लेख्नु भएको छ । तर शीर्षक राख्नुभएको छ ‘यत्तिमात्र’ । मुलुकमा गणतन्त्र आइसकेपछि पनि आम मानिसको अवस्थामा सुधार आउन नसकेको प्रति उनको गम्भीर चिन्ता भूमिकामा यसरी पोखिएको छ । बारम्बार यौटा प्रश्नले मुटु कुटुकुटु खाइरहन्छ– त्यत्रो उत्साहका बीच आरती गर्दै भित्रुयाइएको गणतन्त्रको घामले किन गुल्मीकी मनसरा राना र सप्तरीकी बुधनी सदाको घरको शीत छेक्न सकिरहेको छैन ? आशा गरौँ, कवि प्रदीपले कवितामा पोखेका भावना र उहाँले समृद्धिका लागि देखेका सपनाको सुन्दर फ्युजन सफल होस् ।
यस्ता निष्कलङ्क, बौद्धिक व्यक्तित्वलाई मतदान गर्न गुल्मी दुईका जनताका हात निकै हतारिएको अनुभूत भईरहेको छ । गुल्मीको दीगो विकास र मुलुककै समृद्धिका सारथि कवि प्रदीप ज्ञवालीलाई म, विजयको शुभकामना टक्राय्उँछु ।