नेप्से उकालाे लागेसँगै बढ्यो कारोबार रकम पनि

काठमाडाैं, १ मंसिर । मंसिर महिनाकाे पहिलाे काराेबारकाे दिन नेप्से परिसूचक बढेर बन्द भएको छ।

यस दिन नेप्से परिसूचक २५.५७ अंक बढेर १९३६.८३ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स यस दिन ४.४९ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८० अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेकाे छ। यस दिन २२३ स्टकको २७ हजार २३१ पटकको कारोबारमा १ अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बराबरको ४३ लाख ८४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सिक्लेस पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन सयपत्री हाइड्रोपावरको शेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको फरवार्ड माइक्रोफाइनान्सको शेयरमूल्य यस दिन २.९७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्सको १३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको १० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

बिहीबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.१४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।