सुनको मूल्य एकैदिन तीन हजार तीन सय रुपैयाँले घट्यो, चाँदीको भाउ कति ?
काठमाडौं। ३ मङ्सिर । नेपाली बजारमा सुनको मूल्य बुधबार तीन हजारले घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला तीन हजार तीन सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ५७ हजार ६ सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला तीन हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सुनको मूल्यमा आएको गिरावटसँगै नेपाली बजारमा सुनचाँदीको कारोबार प्रभावित हुन सक्ने व्यवसायीहरूको अपेक्षा छ ।
