भिडियो रिपोर्ट

एमालेको चुनावी शैली, वाकथनदेखि नाइट क्लबसम्म (भिडियो रिपोर्ट)

काठमाडौँ, १ मंसिर । मंसिर ४ को निर्वाचनका लागि सबै राजनीतिक दलले आ–आफ्नै खालको प्रचार–प्रसारलाई तिव्रता दिएका छन् । मुख्य गरेर ठूला राजनीतिक दल नेकपा (एमाले), नेपाली कांग्रेस र माओवादीसँगै अन्य दलहरुले पनि यो पटकको निर्वाचनलाई सकेसम्म डिजिटल प्रचार–प्रशारमा केन्द्रित गरेका छन् । यसरी डिजिटल प्रचार–प्रसार गर्ने मामिलामा सबै भन्दा प्रभावकारी प्रचार–प्रसार एमालेले गरेको देखिएको छ ।

अन्य राजनीतिक दलले परम्परागत ढंगबाटै आफ्नो घोषणपत्र सार्वजनिक गर्दा एमालेले भने घोषणापत्र सार्वजनिक कार्यक्रमलाई पनि अन्य दलको भन्दा फरक शैलीमा सार्वजनिक गरेर धेरैको ध्यान केन्द्रित गर्न सफल भयो । काठमाडौँकै एक पाँचतारे होटलमा भब्य कार्यक्रमको आयोजना गरी कात्तिक १५ गते अध्यक्ष ओलीले फिङ्गर स्क्यान गरेर डिजिटल घोषणपत्र मात्रै सार्वजनिक गर्नुभएन त्यहाँ सार्वजनिक छवि बनाउनु भएका बैँकर्स अनिल केशरी शाहसँग अध्यक्ष ओलीले लाइभ सम्बाद गरेर नयाँ सन्देश दिनुभयो । पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठलाई कार्यक्रम प्रस्तोता बनाएर एमालेले जनतासँग गरेको प्रत्यक्ष सम्बादको पनि निकै ठूलो चर्चा भयो ।

सार्वजनिक छवि बनाउनु भएका बैँकर्स अनिल केशरी शाहसँग अध्यक्ष ओलीले लाइभ सम्बाद गरेर नयाँ सन्देश दिनुभयो । पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठलाई कार्यक्रम प्रस्तोता बनाएर एमालेले जनतासँग गरेको प्रत्यक्ष सम्बादको पनि निकै ठूलो चर्चा भयो

२० हजार शब्दको घोषणापत्रमा एमालेले अघि सारेको ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय सङ्कल्पलाई निरन्तरता दिइएको छ भने मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । पाँच वर्षमा एमालेले गर्छ भन्ने नारासहितको घोषणपत्र पनि अन्य दलको घोषणापत्र भन्दा पृथक र अर्थपूर्ण रहेको छ ।
केपी ओली प्रधानमन्त्री भएका बेला देशमा निकै ठूला परिवर्तन भएका थिए । उहाँका पालमा भूकम्पले भत्किएको धरहरा मात्रै ठडिएन, रानीपोखरी बन्यो, दरबार हाइस्कुल बन्यो, काष्ठमण्डप परम्परागत शैलीमा पुनर्निर्माण भयो ।

पाँच वर्षमा एमालेले गर्छ भन्ने नारासहितको घोषणपत्र पनि अन्य दलको घोषणापत्र भन्दा पृथक र अर्थपूर्ण रहेको छ । केपी ओली प्रधानमन्त्री भएका बेला देशमा निकै ठूला परिवर्तन भएका थिए । उहाँका पालमा भूकम्पले भत्किएको धरहरा मात्रै ठडिएन, रानीपोखरी बन्यो, दरबार हाइस्कुल बन्यो, काष्ठमण्डप परम्परागत शैलीमा पुनर्निर्माण भयो

सुरुङयुगको सूरुवात भयो भने भैरहवा र पोखरामा अन्तराष्ट्रिय विमानस्थल बन्यो अनि दु्रतमार्गको कामले गति लियो । जनकपुर–जयनगर रेल कुद्ने वातातरण पनि ओली प्रधानमन्त्री रहेका बेला नै निर्माण भयो । चुनावका बेला ओलीले आफूले गरेका कामको प्रचारका लागि पनि नयाँ शैली अपनाउनु भयो । चुनावी प्रचारकै सिलसिलामा असोज ८ गते जनकपुर पुग्दा ओलीले जनकपुर–जयनगर चल्ने रेलको यात्रा गरेर उहाँले आफ्नो कार्यकालमा गरेका कामबारे सन्देश दिनुभयो । त्यति मात्रै होइन उहाँ कात्तिक २० गते नागढुंगा सिस्ने खोला सुरुङमार्गको अवलोकन गर्न पत्नी राधिकासहित पुग्नुभयो । उहाँले आफ्नो कार्यकालमा शिलान्यास गरेका महत्वकांक्षी योजना अहिले अघि बढिरहेका छन् भन्ने सन्देश दिनका लागि पनि यी यात्रा गर्नुभएको हो भन्ने बुझ्न मुस्किल छैन ।

मतदातासँग फोन सम्वाद गर्ने र लाइभ सम्वाद गर्ने नयाँ कुराको थालनी समेत गरेर एमालेले निर्वाचनको प्रचारलाई नयाँ शैलीमा विकास गर्ने कुराको थालनी गर्यो । चुनावी दौडधुपमा व्यस्त ओलीले सर्वसाधारणसँग प्रत्यक्ष जोडिन फेसबुकमार्फत नाम र नम्बर टिपाउन सार्वजनिक रूपमा आव्हान गर्नुभयो । उहाँसँग सम्वाद गर्न दुई लाख ९ हजार एक सय १६ जनाले नाम टिपाएका थिए । ओलीले कात्तिक ४ गते करीब चार घण्टा नाम टिपाएका सर्वसाधारणसँग टेलिफोन सम्वाद गर्नुभयो । उहाँले लाईभ डिभेटका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत आह्वान गर्नुभएको थियो । तर, त्यो सम्भव नभए पनि उहाँले विभिन्न फोरममार्फत लाईभ सम्वाद गरेर अर्को नयाँ सन्देश दिनुभयो ।

चुनावी प्रचारकै सिलसिलामा ओलीले झापामा नयाँ मतदातासँग सम्बाद गर्न भ्याउनु भयो भने काठमाडौँ सुतिसक्दा पनि जागा रहने ठमेलको नाइट क्लवमा मध्यरातमा पुगेर ओलीले चुनावी र्याप गीत सार्वजनिक गरेर युवाहरुलाई समेत थप आकर्षित गर्ने नयाँ शैली अपनाउनु भयो । केही–केहीले त्यसको सामान्य विरोध गरे पनि धेरैले उहाँको त्यो सक्रियता र शैलीको खुलेर प्रसंशा गरे । नाइट क्लब पुगेर सार्वजनिक गरिएको र्याप गीतमाथि सामाजिक सञ्जालका धेरै सेलिव्रेटीले नृत्य गरी टिकटकमार्फत ओलीको युवा क्रेजको समर्थन गर्दै थप प्रभावकारी बनाए ।

नाइट क्लब पुगेर सार्वजनिक गरिएको र्याप गीतमाथि सामाजिक सञ्जालका धेरै सेलिव्रेटीले नृत्य गरी टिकटकमार्फत ओलीको युवा क्रेजको समर्थन गर्दै थप प्रभावकारी बनाए

त्यति मात्रै होइन उहाँले घोषणपत्र लेख्दै गर्दा सर्वसाधारणसँग सुझाव माग्दै गरेको एक भिडियो सार्वजनिक गर्नुभयो । त्यसको समेत निकै प्रसंषा भयो ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली उमेरको हिसावमा ७० हाराहारीमा भए पनि निर्वाचनका बेलाको उहाँको सक्रियताले धेरैलाई प्रभावित पारेको छ । स्वास्थ्यको हिसावमा हेर्ने हो भने अध्यक्ष ओली दुई पटक किट्नीको अपरेशन गरेको व्यक्ति हुनुहुन्छ । तर, उहाँको सक्रियता र मतदाताको विचमा पुग्ने आधुनिक शैलीले उहाँ समकालिन नेताहरुको तुलनमा निकै सक्रिय र उहाँमा नविन सोँच रहेको प्रमाणित गर्नुभएको छ ।

त्यसो त निर्वाचन घोषणा भएपछि एमालेले सबैलाई चकित पार्ने गरी राजधानीमा वाकथनको आयोजना गर्यो । त्यो वाकथनमा ओलीले सहिदगेटदेखि वसन्तपुरसम्म पैदल यात्रा गरेर आफू स्वस्थ्य भएको सन्देश दिनुभयो ।

त्यसो त निर्वाचन घोषणा भएपछि एमालेले सबैलाई चकित पार्ने गरी राजधानीमा वाकथनको आयोजना गर्यो । त्यो वाकथनमा ओलीले सहिदगेटदेखि वसन्तपुरसम्म पैदल यात्रा गरेर आफू स्वस्थ्य भएको सन्देश दिनुभयो

त्यति मात्रै होइन पछिल्लो समय ओलीको सामाजिक सञ्जालप्रतिको सक्रियता पनि लोभ लाग्दो देखिएको छ । उहाँ तीन लाख ९१ ह्जार बढी फलोअर्स रहेको पेजमा दिनहुँ अपडेट हुनुहुन्छ । त्यति मात्रै होइन उहाँले त्यो पेजमा दिने सूचना र सन्देशले पनि धेरैको ध्यान केन्द्रित गरेको देखिन्छ । चुनाव प्रचारकै सिलसिलामा ओलीको सात वटै प्रदेशका विभिन्न ठाउँ पुग्नुभयो भने तीन कार्यक्रममा उहाँको जोसिलो र प्रभावकारी भाषणले चुनावी माहोललाई थप तताएन मात्रै गठबन्धनलाई समेत हायलकायल बनाउन सफल भयो ।