मुस्ताङ प्रदेशसभा (१) मा कांग्रेसका गुरुङ विजयी

काठमाडाैं, ५ मंसिर । मुस्ताङको प्रदेशसभा (१) मा नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी हुनुभएको छ ।
गुरुङले नेकपा (एमाले)का इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी बन्नुभएको हो ।

गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले सात सय ९३ मत ल्याउनुभएको थियो । खसेको मतमध्ये १४ मत बदर भएको थियो ।