विश्वकप २०२२ : इरानलाई ६-२ ले पराजित गर्दै इङ्गल्यान्डको विजयी

काठमाडौं, ५ मंसिर । फिफा विश्वकप २०२२ मा समूह ‘बी’ को पहिलो खेलमा इङ्गल्यान्डले इरानलाई ६–२ गोलले पराजित गरेकाे छ ।

खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा इङ्गल्यान्डलाई जित दिलाउन बुकायो साकाले दुई तथा ज्युड वेलिङगाम, राहिम स्टर्लिङ्ग, मार्कस रासफर्ड र ज्याक ग्रिलिसले एक/एक गोल गरे साथै इरानका मेदी तारेमीले २ गोल फर्काए ।

खेलको ३५औँ मिनेटमा वेलिङगामको गोलमा सुरुआती अग्रता लिएको इङ्गल्यान्डका साकाले ४४औँ मिनेटमा अग्रता दोब्बर बनाए । त्यसको एक मिनेट नबित्दै स्टर्लिङ्गले गोल गर्दै ३–० को अवस्थामा पुर्‍याएका थिए ।

साकाले ६२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमका लागि चौथो गोल गरे । इरानका तारेनीले ६५औँ मिनेटमा पहिलो गोल फर्काए । रासफोर्डले ७१औँ मिनेटमा गोल गर्दै इङ्गल्यान्डकाे अग्रता फराकिलो पारे ।

ग्रिलिसले निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै इङ्गल्यान्ड जित ६–१ले शुनिश्चित गरे । इन्जुरी समयको अन्त्यतिर पाएको पेनाल्टीको सदुपयोग गर्दै तारेमीले दोस्रो गोल गले पनि इरानको जितका लागि पर्याप्त बन्न सकेन । जितसँगै इङ्गल्यान्डे समूह बी मा तीन अंक जोडेको छ ।