आम निर्वाचन २०७९

कैलालीमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी

कैलाली, ६ मंसिर । कैलालीमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भएका छन् ।
जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी विजयी भएका हुन् ।

उनले २३ हजार १२० मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत पाए ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार गौरीशंकर चौधरीले ९८७४ मत ल्याएका छन्। राप्रपाका उम्मेदवार वीरेन्द्र बमले ७०४७ मत ल्याएका छन्।