बागलुङ-१ बाट राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी निर्वाचित

कास्की, ७ मंसिर । बागलुङ-१ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् ।

बुधबार सकिएको मतगणनामा केसीले २१ हजार ४५१ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी सूर्यप्रसाद पाठकले १८ हजार ८२५ मत ल्याएर पराजित भए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८१ र राप्रपाका लक्ष्मीप्रसाद सापकोटाले ९०३ मत पाए ।