बराबरी गाेल गर्दै स्पेन र जर्मनी

एजेन्सी, १२ मंसिर । फिफा विश्वकप फुटबलमा स्पेन र जर्मनीले बराबरी खेलेका छन्।

आइतबार राति भएको खेलमा स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।​

खेलको ४० औं मिनेटमा एन्टोनी रुडिगरले जर्मनीका लागि गोल गरेका थिए। तर, भीएआरले अफसाइड देखाएपछि उनको गोलले मान्यता पाएन।

खेलको ६२ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ८३ औं मिनेटमा निकलस फूलक्रुगले गोल गर्दै जर्मनीलाई १–१ गोलको बराबरी ल्याए।

यस बराबरीसँगै समूह ई बाट दुबै टोलीको नकआउट सम्भावना कायम रहेको छ। स्पेनले २ खेलमा ४ अंक जोडेको छ भने जर्मनी २ खेलमा १ अंक जोडेकाे छ । स्पेन शीर्ष स्थानमा रहेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *