निर्वाचन आयोगलाई एमालेको १० बुँदे ध्यानाकर्षणपत्र (पत्रसहित)

cpnuml

काठमाडौं १२ मंसिर । नेकपा (एमाले)ले निर्वाचन आयोगलाई १० बुँदे ध्यानाकर्षण बुझाएको छ । महासचिव शंकर पोखरेलले हस्ताक्षर गर्नुभएको १० बुँदे ध्यानाकर्षणमा मृत्यु भएका र विदेशमा रहेका मतदाताका नाममा समेत मतदान गर्ने , बुथ कब्जा गर्ने जस्ता गलत काम गठबन्धनबाट भएको भन्दै ती स्थानमा मतदानका लागि माग गरिएको छ ।

त्यसैगरी ध्यानाकर्षणमा मतदान, मतगणना र प्रमाणपत्र दिने सन्दर्भमा सरकार तथा निर्वाचन अधिकृतहरुबाट अनियमितता भएको भन्दै निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ । ध्यानाकर्षणमा सत्तापक्षबाट दोलखा,बाजुरा र स्याङजामा बुथ कब्जा भएका सबै ठाउँमा पुनः मतदान गराउन माग गरिएको छ भने बुथ कब्जा भएका सबै मतदान केन्द्रहरुको विवरणसहित ती ठाउँमा मतदान गराउन माग गरेको छ । त्यस्तै मन्त्रीहरु चुनाव हार्ने भएपछि उदयपुर १ र सुनसरी ४ मा मतगणनामा अवरोध गरिएको तथा धनुषा २ मा मतगणना सदर हुनुपर्ने मत बदर गरिएको भन्दै त्यहाँ पुनः गणना गर्न समेत माग गरिएको छ । १० बुँदे ध्यानाकर्षणपत्र