फिफा विश्वकप फुटबल

स्वीट्जरल्याण्डलाई हराउँदै ब्राजिल समूह ‘जी’ काे शीर्षस्थानमा

एजेन्सी, १३ मंसिर । ब्राजिलले स्वीट्जरल्याण्डलाई हराउँदै शीर्षस्थानमा उक्लेकाे छ ।

कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत कतारको स्टेडिय ९७४ मा गए राति भएको खेलमा स्वीट्जरल्याण्डलाई १–० गोलअन्तरले हराउँदै ब्राजिल नकआउट चरणमा पुगेको हो । यस संगै समूह ‘जी’ मा ब्राजिल शीर्षस्थानमा उक्लेकाे हाे ।

ब्राजिलको जितमा कासिमिरोले निर्णायक गोल गरे । उनले खेलको ८३औँ मिनेटमा गरेको एक गोल नै निर्णायक गोल सावित भयो ।

यस जितसँगै ब्राजिलले लगातार दोस्रो जित निकाल्दै खेलमा छ अङ्क जोडेको छ । समूह ‘जी’ मा ब्राजिल शीर्षस्थानमा छ । स्वीट्जरल्याण्ड दुई खेलमा तीन अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।