माओवादीमा सरकार बनाउन गठवन्धन फुकुवा, एमालेसँग पनि मिलेर जान सकिने

काठमाडौं, १७ मंसिर । नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठन जोसुकैसँग मिलेर गर्न सकिने विकल्पलाई खुल्ला राख्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले सरकार गठनका सम्बन्धमा सबै विकल्पमा खुला गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए। ‘बनाएको गठबन्धन छोड्ने निर्णय गरिएको छैन,’ उनले भने, ‘अन्य विकल्प पनि खुल्ला राख्ने निर्णय भएको छ ।’

माओवादीका महासचिव देव गुरूङले साेचेकाे भन्दा कम सिटआएको विषयमा छलफल भएको र सरकार निर्माणका सन्दर्भमा अन्य दलसँग पनि छलफल पश्चात मिलेर जानसकिने निष्कर्ष रहेको उनले बताए।

माओवादीले पहिलो चरणमै आफूहरूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गर्दैं आइरहेको छ।