नेप्से परिसूचक २.१६ अंक बृद्धी, कारोबार रकम १ अर्ब ५६ करोड

काठमाडाैं, १८ मंसिर । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २.१६ अंक बृद्धी भएकाे छ ।

यस दिन नेप्से परिसूचक २.१६ अंक बढेर १९६३.२२ विन्दुमा पुगेको छ। त्यस्तै सेन्सेटिभ इण्डेक्स १.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७० अंक बढेको छ ।

यस दिन २४३ स्टकको २६ हजार १५० पटकको कारोबारमा १ अर्ब ५६ करोड १७ लाख रुपैयाँ बराबरको ३६ लाख ९४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन धौलागिरी लघुवित्तको शेयरमूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन ९.९८ प्रतिशत अर्थात २९ रुपैयाँ २० पैसा बढेर ३२१ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ।

यस दिन नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.११ प्रतिशत घटेको छ। त्यसैगरी, नबिल बैंकको शेयरमूल्य करिब साढे ३ प्रतिशत घटेको छ भने अन्य स्टकहरुको गिरावटदर ३ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १९ करोड ८० लाख ६७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। सर्वाधिक शेयरमूल्य घटेको नेष्डो समृद्ध लघुवित्तको भने यस दिन ८ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *