फिफा विश्वकप फुटबल

सेनेगललाई पराजित गर्दै इङ्ग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश

एजेन्सी, १९ मंसिर । विश्वकप फुटबल अन्तरगत जारी प्रतियोगितामा इङ्ग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

कतारको अल बयात रङ्गशालामा भएको खेलमा इङ्ग्ल्याण्डले सेनेगललाई ३-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

इङ्ग्ल्याण्डका लागि खेलको ३८औं मिनेटमा जोर्डान हेन्डर्सनले गोल गर्दै अग्रता दिलाए भने पहिलो हाफको अतिरिक्त समयमा हेरी केनले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

खेलको ५७औं मिनेटमा बुकायो साकाले थप एक गोल गर्दै इङ्ग्ल्याण्डलाई तीन गोलको अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन । इङ्ग्ल्याण्डले क्वाटरफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।