फिफा विश्वकप फुटबल

आज प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदै

एजेन्सी, १९ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तरगत् आज प्रि–क्वाटरफाइनलका दुई खेल हुँदैछ ।

पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ भने दाेस्राे खेलमा ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ ।

अल जानुब स्टेडियममा हुने जापान र क्रोएसियाबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ । जापान समूह ‘ई’ बाट विजेता र क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

अर्को खेल स्टेडियम ९७४ मा हुने ब्राजिल र दक्षिण कोरियाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । ब्राजिल समूह ‘जी’ को विजेता र दक्षिण कोरिया समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्