कपिलवस्तुका न्यायाधीश भुवन गिरीमाथि बलात्कार आरोप

काठमाडौं,२० मंसिर । कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीमाथि बलात्कार आरोप लागेको छ ।

न्यायाधीश गिरीमाथि एक महिलाले बलात्कारकाे आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी थिइन् । पीडित भनिएकी महिलाले मंसिर पहिलो साता नै जाहेरी दिएको प्रहरीले जनाएको छ ।

यता न्यायाधीश गिरीले पनि ती महिलाविरूद्ध चोरीको मुद्दामा जाहेरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले दुबै उजुरी दर्ता नगरेको डिएसपी मीनबहादुर घलेले जानकारी दिनुभयो ।

‘बलात्कार आरोपमा न्यायाधीश गिरीविरूद्ध निवेदन आएको छ,’ डिएसपी घलेले भन्नु भयो, ‘जाहेरी दिन आएकी महिलाविरूद्ध पनि न्यायधीश गिरीले चोरीको आरोप लगाउँदै जाहेरी दिनुभएको छ । तर हामीले दुबैको मुद्दा दर्ता गरेका छैनौं ।

प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेकाे डिएसपी घलेकाे भनाइ छ ।