सर्लाहीबाट १० किलो गाँजा सहित एकजना पक्राउ

सर्लाही, २६ मंसिर । सर्लाहीकाे लालबन्दी नगरपालिका-१ मुसहरी टोलबाट अवैध लागूऔषध गाँजा सहित एकजना पक्राउ परेका छन् ।

प्रहरीले १० किलो अवैध लागूऔषध गाँजासहित हरिवन नगरपालिका-३ बस्ने २० वर्षीय नितेश श्रेष्ठलाई आइतबार पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय नवलपुरले बा.७९ प २२३२ नम्बरको मोटरसाइकल चेकजाँचकाे क्रममा उक्त गाँजा सहित मोटरसाइकलमा सवार श्रेष्ठलाई पक्राउ गरेको हो ।

प्रहरीले मोटरसाइकल चालक फरार रहेकाेले खोजी जारी रहेकाे बताएका छन् भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे जनाएकाे छ ।