बिहीबार छुटेका चार मध्ये दुई जना सांसदले आज शपथ ग्रहण गर्दै
काठमाडौं, ८ पुस । बिहीबार छुटेका चार मध्ये दुई जना सांसदले आज शपथ ग्रहण गर्दैछन् ।
माओवादी केन्द्रका महिन्द्र राय यादव र रामकुमार राईले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्न लागेका हुन् ।
उनीहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बिहान साढे ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।
त्यस्तै एकीकृत समाजवादीका प्रेमबहादुर आले र नेपाली कांग्रेसकी माया राई पनि शपथ ग्रहण समारोहमा छुटेका थिए । आले पारिवारिक शोकमा छन् भने र राई सुत्केरी भएकाले अस्पतालमा भर्ना भएकी छन् ।