प्रधानमन्त्री प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव छलफलमा

काठमाडाैं, १३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवसंग छलफल थालेका छन् ।

सरकारमामा यी दुवै दल नेकपा एस र जसपालाई सहभागी गराउनका लागि प्रधानमन्त्री प्रचण्डले दलका शीर्ष नेताहरूसँग छलफल थालेका हुन् ।

अहिले हात्तिवनमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल जारी छ ।

यी दुई दललाई पनि सरकारमा सहभागी गराएर मन्त्रिमण्डल विस्तार गर्ने तयारी प्रधानमन्त्री प्रचण्डको रहेकाे छ ।