नेपाल टि ट्वान्टी क्रिकेटमा नौं रन सहित लुम्बिनीको जित
काठमाडौ, १३ पुस । कीर्तिपुरस्थित त्रिविवी क्रिकेट मैदानमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टारले फार वेस्ट युनाइटेडलाई पराजित गर्दै विजयी भएको छ ।
आज भएको खेलमा लुम्बिनीले फार वेस्टलाई सुपर ओभरमा नौ रनले पराजित गर्दै विजयी भएको हो । जितसँगै लुम्बिनीले प्रतियोगितामा लगातार चाैथो जित हात पारेकाे छ । चार खेलमा लुम्बिनीले आठ अङ्क जोड्दै शीर्ष स्थान छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको फार वेस्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनायो । १३८ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको लुम्बिनीले २० ओभरमा नौ विकेट गुमाएर १३७ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।
सुपर ओभरमा पहिले ब्याटिङका गरेको लुम्बिनीले १९ रन बनाएको थियो । लुम्बिनीका लहिरु मिलन्थाले १५ र साड्ले भान स्कल्कवेकले तीन रन बनाए ।
बीस रनको लक्ष्यसहित ब्याटिङमा उत्रेको फार वेस्ट १० रनमा समेटियो । फार वेस्टका हस्मतुल्लाह साहिदीले आठ रन बनाउँदा विनोद भण्डारीले दुई रन बनाए । त्यसअघि २० ओभरको खेलमा लुम्बिनीका गुल्शन झाले सर्वाधिक अविजित ३६ रन बनाए । त्यसैगरी लहिरु मिलन्थाले ३४ तथा विपुल शर्माले ३१ रन जोडे ।
फार वेस्टका करण केसी र शेर मल्लले समान दुई विकेट लिए भने राशिद खान, उमैर अलि हस्मतुल्लाह साहिदी र भुवन कार्कीले समान एक/ एक विकेट लिए ।
यता फार वेस्टका लागि भने देव खनालले सर्वाधिक ४८ रन बनाएका थिए । उनले ४२ बलमा पाँच चौकासहित ४८ रन बनाएका हुन । कप्तान हस्मतुल्लाह साहिदीले ३२, भीम सार्कीले १५, करण केसीले १२ तथा हसिम अन्सारी र विनोद भण्डारीले समान ११÷
/११ रन जोडेका थिए ।
प्रतियोगिताको विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख पुरस्कार प्राप्त गर्नेछन् ।
अवैध लागूऔष सहित पक्राउ
कैलाली, गोदावरी नगरपालिका- २ बसपार्कस्थित होटलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने बस्तु ९ केजी ३ सय ४० ग्राम सहित बझाङ् दुर्गाथली गाउँपालिका-७ काँडा बस्ने ३६ वर्षीय यम राज दौल्याललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले होटल तलासी गर्दा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।